समाचार

घुम्ती पुस्तकालयबारे जनचासो बढ्दै


erastriya आइतबार, माघ ०६, २०८१

 

महोत्तरी, ६ माघ : महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस)बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुचि बढाएको अभिभावकले बताएका छन् । अमेरिकी राजदूतावास र कारखाना समूहको पहलकदमीमा युवा सञ्जाल महोत्तरीले घुम्ती पुस्तकालय गतिविधि संयोजन गरेको हो ।

 

“विद्यालयबाट घर आएपछि खेल्न बढी ध्यान दिने बालबालिका घुम्ती पुस्तकालयबारे चासो दिन थालेका छन्”, स्थानीय ३२ वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “घुम्ती पुस्तकालयले पढ्ने बानीको विकास भएको छ ।”

 

घुम्ती पुस्तकालयमा सचित्र वर्णनात्मक सामग्री, खेल सामग्री र मनोरञ्जनात्मक अभ्यास गराउने गरिएको छ । “पुस्तकसँगको सम्बन्ध बढाउन र पठन अभिरुचि जगाउन खेल्दै, सिक्दै गर्ने विधि प्रभावकारी हुँदोरहेछ”, स्थानीय अशोककुमार महतोले भन्नुभयो । घुम्ती पुस्तकालय विद्यालय र बस्तीका चोकचोकमा पुर्याउँदा बालबालिकाको ध्यान यसतर्फ जान थालेको छ ।

 

बालबालिका घुम्ती पुस्तकालयतर्फ आकर्षित भएपछि आपूहरुलाई उत्साहित बनाएको युवा सञ्जालका अध्यक्ष रवीन्द्रकुमार महतोले बताउनुभयो । जिल्लामा पहिलो चरणको दुईदिने अभ्यासमा तीन सयभन्दा बढी बालबालिका सहभागी भएका उहाँको भनाइ छ । “घुम्ती पुस्तकालयको उद्देश्य ससाना बालबालिकामा पढाइप्रति रुचि जगाउनु र खेलकुदको माध्यमले सिकाइ अवधारणा स्थापित गर्नु हो”, उहाँ भन्नुहुन्छ ।

 

सामुदायिक विद्यालय तथा शिक्षाको पहुँचबाहिरका वर्ग, समुदायलाई लक्षित गरे यो कार्यक्रम बागमती, सुदूरपश्चिम र मधेस प्रदेशमा सञ्चालन भइरहेको युवा सञ्जालले जनाएको छ । सञ्जालले घुम्ती पुस्तकालयको अभ्यास र गतिविधि भङ्गाहा नगरक्षेत्रका सबैजसो विद्यालय र विद्यालय नजिकका बस्तीमा गराउने जनाएको छ । भङ्गाहापछि मनराशिशवा र मटिहानी नगरपालिकामा घुम्ती पुस्तकालय पुर्याइने अध्यक्ष महतोले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

१२ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

१२ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१ दिन अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड