समाचार

६५ फरार प्रतिवादी पक्राउ


erastriya आइतबार, माघ ०६, २०८१

 

जानकी (बाँके), ६ माघः जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।

 

पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र रु ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको रु १२ लाख ९४ हजार एक सय ५८ बराबरको सामान बरामद गरेको छ । एक महिनामा दर्ता भएका एकसय १७ वटा मुद्दामा एकसय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा मुद्दा फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका छ सय ८१ ठाडो उजुरीतर्फ छ सय ६८ फछ्र्यौट भएको र १३ वटा बाँकी निवेदन फछ्र्यौट प्रक्रियामा रहेका छन् ।

 

जिल्लाभर ट्राफिक कारबाहीतर्फ तीन हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु २४ लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सात वटा ट्र्याक्टर, एउटा टिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर रु ४८ हजार आठ जरिवाना गरिएको छ । सोही अवधिमा तीन जना चालकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ । त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका चार वटा मोटरसाइकल र १० वटा स्मार्टफोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको उल्लेख छ । समुदाय प्रहरी सहकार्यलगायतका गतिविधिअन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

१३ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

१३ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१ दिन अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड