समाचार

बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित


erastriya शुक्रबार, माघ ०४, २०८१

बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ मनोनित भएका छन्। इप्पानले आफ्नो विधानमा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको हो ।

डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडमा अध्यक्ष छन् । त्यस्तै उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको संचालक समिति सदस्य हुन्।

बुद्धभूमि नेपालले नुवाकोटमा ४.९९३ मेगावाटको लोवर तादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैत्र १० गतेदेखि ब्यापारिक उत्पादन गरिरहेको छ। एबीपी इनर्जीले नुवाकोट मै ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ह्याप्पी इनर्जीले संखुवासभामा ४० मेगावाटको अप्पर संखुवाखोला आयोजना निर्माण गरिरहेको छ भने एटलस इनर्जीले ३०.२४ मेगावाट क्षमताको मध्य घुन्साखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ।

इप्पानले ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरूलाई सल्लाहकार मनोनयन गर्ने गरेको छ । इप्पानले आज आफ्नो रजत जयन्ती समारोहको अवसरमा विविध कार्यक्रम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

२१ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

२१ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…