काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपात भएको खुलासा भएको छ। मन्त्री खड्कामाथि मन्त्रालयमा गत शुक्रबार दुर्व्यवहार भएको हो।
मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो। सुरक्षाकर्मीले ती हातपात गर्ने व्यक्तिलाई समातेका थिए।
घटना भएको एक साता भए पनि यसबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार आज कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा जानकारी दिएका थिए।खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका ५ मुच्चोकका हरि पोखरेल हुन्
।
प्रतिकिर्या