समाचार

भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु


erastriya बुधबार, माघ ०२, २०८१

 

काँक्रेविहार (सुर्खेत), २ माघः चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम सुरु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले जाजरकोटमा भूकम्प गएको १४ महिनापछि पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि काम सुरु भएको हो ।

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चात् पुनर्निर्माण तथा पुनःस्थापना योजना स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले क्षतिको विस्तृत विवरण मूल्याङ्कन गरी गत २१ पुस गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको सिफारिसबमोजिम योजना स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं सूचना अधिकारी डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

योजना स्वीकृत भएसँगै आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण प्रक्रिया सुरु गरिने सूचना अधिकारी भट्टराईले उल्लेख गर्नुभयो । क्षतिको विस्तृत आकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय बैठकले गरेको छ । सूचना अधिकारी भट्टराईले योजना स्वीकृत भएसँगै जाजरकोट र डोटीमा भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमार्णको बाटो खुलेको बताउनुभयो । यथाशीघ्र डोटीमा पुनर्निर्माणको प्रक्रिया सुरु हुनेछ भने जाजरकोटमा क्षतिको विस्तृत मूल्याङ्कनको काम अघि बढ्ने उहाँले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरेलगत्तै जाजरकोट भूकम्पपछिको क्षतिको आकलन र पुनर्निर्माण प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो ।

भट्टराईका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकतामा राखेको छ । आन्तरिक तथा बाह्य स्रोत परिचालनका लागि अर्थ मन्त्रालयले अग्रसरता लिनेछ भने पुनर्निर्माण र पुनःस्थापनका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेगरी योजना तयार गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार भूकम्प प्रभावितका निजी आवास निर्माणका लागि तराईमा रु चार लाख, पहाडमा रु पाँच लाख र हिमाली जिल्लामा रु छ लाख अनुदान दिने गरी योजना बनेको छ । प्राधिकरणका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने प्रक्रियासमेत सुरु भएको उहाँले जानकारी दिनुभयो ।

प्राथमिकता र स्रोत उपलब्धताका आधारमा ढिलाइ नगरी क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरेर दोहोरोपन नहुने गरी पुनर्निर्माण सुरु गरिने प्रवक्ता भट्टराईले बताउनुभयो । पश्चिम नेपालमा भूकम्पले क्षति पु¥याएका निजी आवासको सङ्ख्या ९५ हजार सात सय ८७ रहेको जनाउँदै उहाँले भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न रु एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको उल्लेख गर्नुभयो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोटमा ४८ हजार पाँच सय १६, रुकुम पश्चिममा ३४ हजार नौ सय ९७ र सल्यानमा चार हजार चार सय सात घरमा क्षति पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार झण्डै चार सय विद्यालय, ५० स्वास्थ्यचौकी, २० प्रहरीचौकी र विभिन्न २३ सरकारी कार्यालयका भवनमा पनि क्षति पुगेको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

२२ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

२३ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…