सामाजिक सञ्जाल TIKTOK, FACEBOOK, WHAT’S APP मा ZAMZAM ELECTRONICS मार्फत “तपाई लक्कि हुनुभएको छ, तपाइले Lucky draw मा iPhone जित्नु भएको छ, हामी iPhone Send गर्छौ Custom Clearance को लागि पैसा पठाउनु पर्छ” भनि विभिन्न बैक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने निम्न प्रतिवादीहरूलाई नेपाल प्रहरी साइबर व्यूरोले पक्राउ गरेको छ ।
प्राप्त निवेदनहरू माथीको प्राविधिक अनुसन्धान र विश्लेषणबाट खुल्न आएका उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई मिति २०८०।०५।०४ गते ब्यूरोबाट खटिई गएको टोलीले ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरी निजहरूसँग भएको नगद तथा सञ्चार उपकरणहरू समेत बरामद गरी विधुत्तीय माध्यम सम्बद्ध ठगी कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८०-०५-०५ गतेको आदेशले दिन सात (७) म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको ।
प्रतिकिर्या