समाचार

मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु


erastriya बुधबार, माघ ०२, २०८१


तनहुँ, २ माघः साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ ।

 

यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो । मादीनदी किनारमा इनार निर्माण सम्पन्न गरी पाइपलाइन विस्तार तीव्र रूपमा भइरहेको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको ७० र संस्थाको ३० प्रतिशत गरी रु एक करोड ८० लाख लागत रहेको छ ।

 

“दोस्रो मादी लिफ्ट योजना सम्पन्नपश्चात् दैनिक आठ लाख लिटर पानी थप हुनेछ”, व्यवस्थापक गिरीले भन्नुभयो, “यसपछि पानी वितरणमा सहज हुने अपेक्षा लिएका छौँ ।” खानेपानीको समस्या भोग्दै आएका मालपोत लाइन, सत्यवती लाइन र देउराली नगर क्षेत्रका बासिन्दालाई छ इञ्चको पानी सिधै ट्याङ्कीबाट वितरण गर्न लागिएको संस्थाले जनाएको छ ।

 

मादीनदी सम्पवेलबाट बाघभञ्ज्याङ, डाँग्रीखोल्सीलगायत क्षेत्रमा दुई हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन विस्तार कार्य भइरहेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी छोड्ने र बन्द गर्ने कार्यलाई सहज बनाउन मादीनदी किनारमा ‘गार्ड हाउस’ निर्माण गरिनेछ ।”

 

सदरमुकाम दमौली बजार क्षेत्रमा हुनसक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै तीन स्थानमा खोल्न र पानी भर्न मिल्ने ठाउँ राखेर दमकलमा पानी भर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

 

मादीनदीमा निर्माण गरिएको योजनाको खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना निर्देशक राजेन्द्र सापकोटासहित सरोकार भएका निकायका प्रतिनिधिको टोलीले निरीक्षण गर्नुभएको थियो । संस्थाले व्यास नगरपालिका–२, ३, ४ मा गरी चार हजार उपभोक्तालाई दैनिक पानी वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…