खेलकुद

तयार भयो सहिदस्मृति रङ्गशाला


erastriya बुधबार, माघ ०२, २०८१

हेटौँडा, २ माघ : मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु चार करोड ५० लाख र करिब रु दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो । 

 गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताउनुभयो । उहाँले रङ्गशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने बताउनुभयो । 

“जनप्रतिनिधि र स्थानियको इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रङ्गशाला बनेकोछ”, उहाँले भन्नुभयो, “पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।” उहाँले रङ्गशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिनुभयो । रङ्गशालाको निर्माण पूरा भएसँगै आगामी फागुन १ गतेदेखि साताँै संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । उक्त प्रतियोगिताका यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटः मङ्गलबारदेखि सुरु हुने
प्रधानमन्त्री कप महिला क्रिकेटः मङ्गलबारदेखि सुरु हुने

१ दिन अघि

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

१ दिन अघि

सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभ
सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभ

पुस २८, २०८१

विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

पुस २६, २०८१

ताजा अपडेट

  • पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

    पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

    ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

  • ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

    ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

  • तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ

    तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ

  • तत्काल संसद् अधिवेशन आह्वानको माग

    तत्काल संसद् अधिवेशन आह्वानको माग

  • पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

    पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

  • मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

    मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

  • अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री

    अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री