धर्म/संस्कृति

मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए


erastriya मंगलबार, माघ ०१, २०८१

काठमाडौँ, १ माघ : नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’÷माघी महोत्सव र साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ–आफ्ना रहनसहन, वेशभूषा र जातीय पहिचान झल्कने साँस्कृतिक झाँकीसहित गीतसङ्गीत प्रस्तुत गरेका थिए l

नेपाल मगर सङ्घद्वारा आयोजित ‘प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सङ्क्रान्ती–२०८१’ कार्यक्रममा मगर समुदायको पहिचान झल्कने घुमाउने घर र सो समुदायले प्रयोग गर्दै आएका कृषि औजारलगायत मौलिक र सांस्कृतिक रहनसहन वेशभूषा प्रदर्शनमा राखिएको थिए । 

सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेमश गुरुङले राजनीतिक, सामाजिक, भाषिक र सांस्कृतिक अधिकार प्राप्त गर्न मगर समुदाय एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । सङ्घका सल्लाहकार एवं संविधानसभा सदस्य अमरसिंह पुनले राणा र राजतन्त्रविरुद्ध एकताबद्ध भएर लडेका राजनीतिक दल र नेतृत्वले मुलुकको समृद्धिका निमित्त सामूहिक तथा एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिकरुपमा धनी मगर समुदायले संस्कृति संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

यस्तै थारु कल्याणकारीसभाले आयोजना गरेको ‘थारु राष्ट्रिय माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम’मा थारु महिला लेहेङ्गा, चोली, कन्सेरी, झुम्का, बुँलाकी, पगिया र कारालगायत मौलिक पोसाक तथा गहनामा सजिएका थिए । थारु समुदायका कलाकारले झुमरा, मघौटा, धुमरु, डम्फु, छलिया र छोक्रा नाच प्रस्तुत गरेका थिए ।

 ढिक्री, अनदीको भात, मुरही, बरिया, घुँगी, गङ्गटा, सिपी, मुसाको चटनी, परेवाको सुपलगायत स्थानीय परिकार बिक्रीमा राखिएको छ । महोत्सवमा एक सयभन्दा बढी स्थानीय खानाका ‘स्टल’ राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी
यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

१८ घण्टा अघि

देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो डुङ्गाको निःशुल्क व्यवस्था
देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो डुङ्गाको निःशुल्क व्यवस्था

१ दिन अघि

पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू

१ दिन अघि

आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ
आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ

पुस २९, २०८१

ताजा अपडेट

  • तयार भयो सहिदस्मृति रङ्गशाला

    तयार भयो सहिदस्मृति रङ्गशाला

  • ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

    ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

  • दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

    दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

  • मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

    मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

  • पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

    पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

  • मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

    मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

  • मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

    मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

  • देश र जनताप्रति केन्द्रित भएर  काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

    देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ