धर्म/संस्कृति

यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी


erastriya मंगलबार, माघ ०१, २०८१

 

चितवन, १ माघः यहाँको माडीस्थित सोमेश्वरगढी सडक सञ्जालसँग जोडिएको छ । माडी नगरपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिकस्थल सोमेश्वरगढीमा सडक जोडिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ ।

 

तीन घण्टा उकालो पैदल हिँडेर यहाँ पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । गढीमा हाल घुम्न र दर्शन गर्न आउने पर्यटक बढेका छन् । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलका अनुसार वसन्तपुरबाट ११ किलोमिटर दूरीमा रहेको सो मन्दिरमा हाल ३० मिनेटमा पुग्न सकिन्छ ।

 

सडक सञ्जाल विस्तार भएसँगै यस स्थानमा घुम्न, वनभोज खान आउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको अध्यक्ष पोखरेलले बताउनुभयो । माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ ।

 

पाल्पाका तत्कालीन राजा मुकुन्द सेनले अङ्ग्रेजबाट जोगिन बनाएको सो गढी नेपाल–भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्रका रुपमा विकास हुँदै गएको छ । यहाँ बर्सेनि रामनवमीमा पूजापाठ गर्ने भक्तालुको घुइँचो लाग्छ । सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ हो ।

 

भरतपुरबाट ५० किमी दूरीमा पर्ने सोमेश्वरगढीमा माडी नगरपालिकाको सक्रियतामा राष्ट्रियस्तरका मूर्तिकारद्वारा ५० बढी ढुङ्गामा विभिन्न देवदेवीका मूर्ति कुँदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आजको राशिफल: २०८२ जेठ १९ गते साेमबार
आजको राशिफल: २०८२ जेठ १९ गते साेमबार

जेठ २०, २०८२

आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार
आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

जेठ १८, २०८२

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु
‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

फागुन २२, २०८१

धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन
धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन

फागुन १५, २०८१

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा