समाचार

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।

 

सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।

 चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् रु चार खर्ब ५२ अर्ब खर्च भएको छ ।

पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् रु ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।

 

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

 

सरकारले चालु आर्थिक वर्षमा रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा रू पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् रु चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् रु ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ ।

 

सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म रु सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता
इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

२० घण्टा अघि

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

१ दिन अघि

कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए
कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

माघ २५, २०८१

अन्तरजातीय विवाह गरेका दम्पत्तिमाथि राज्यकै दमन: नीति र व्यवहारको विरोधाभास
अन्तरजातीय विवाह गरेका दम्पत्तिमाथि राज्यकै दमन: नीति र व्यवहारको विरोधाभास

माघ २४, २०८१

ताजा अपडेट

  • ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

    ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

  • लेबनानमा नयाँ सरकार गठन

    लेबनानमा नयाँ सरकार गठन

  • इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

    इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

  • कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

    कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

  • नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

  • इंग्ल्यान्डको गल्लीमा नेपालका  GB Rai  लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

    इंग्ल्यान्डको गल्लीमा नेपालका GB Rai लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

    कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै