समाचार

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।

 

सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च भएको छ । यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।

 चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् रु चार खर्ब ५२ अर्ब खर्च भएको छ ।

पुँजीगत शीर्षकको खर्च झनै कमजोर छ । यो शीर्षकमा रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् रु ५६ अर्ब ९३ करोड ५० लाख बराबर मात्र खर्च भएको छ ।

 

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ । यो शीर्षकमा रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु एक खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख बराबर खर्च भएको छ ।

 

सरकारले चालु आर्थिक वर्षमा रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा रू पाँच खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो । कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् रु चार खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् रु ७० अर्ब २० करोड ८२ लाख सङ्कलन भएको छ ।

 

सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म रु सात अर्ब ३७ करोड छ लाख बराबर वैदेशिक सहायता प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते
दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

६ घण्टा अघि

मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक
मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

६ घण्टा अघि

मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह
मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

६ घण्टा अघि

देश र जनताप्रति केन्द्रित भएर  काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ
देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

१२ घण्टा अघि

ताजा अपडेट

  • ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

    ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

  • दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

    दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

  • मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

    मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

  • पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

    पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

  • मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

    मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

  • मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

    मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

  • देश र जनताप्रति केन्द्रित भएर  काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

    देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

  • यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

    यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी