समाचार

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ ।

 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहनुभएको छ । यसै क्रममा अन्तर्गत उहाँले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गर्नुभयो । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।

 

परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । उहाँले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गर्नुभएको थियो ।

 

परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार प्रत्युत्तरमा कतारी विदेशराज्यमन्त्रीले युद्धविराम र उहाँले नेपाली युवकको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको जानकारी मन्त्री देउवालाई दिनुभयो ।

यसअघि परराष्ट्रमन्त्रीले इजिप्ट सरकारलाई पनि जोशीको रिहाइमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि प्रयासरत छ । गत हप्ता पनि उहाँले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

१८ घण्टा अघि

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट
अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

असार ०९, २०८२

रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई ३ लाख सहयोग
रास्वपाद्वारा तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकको परिवारलाई ३ लाख सहयोग

असार ०७, २०८२

ताजा अपडेट

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस