अर्थ/बाणिज्य

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड


erastriya मंगलबार, माघ ०१, २०८१

सिन्धुपाल्चोक, १ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो । 

 यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताउनुभयो । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो
नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

१८ घण्टा अघि

पाँच महिनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीले ४७ अर्ब ३४ करोड पैसा विदेश लगे
पाँच महिनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीले ४७ अर्ब ३४ करोड पैसा विदेश लगे

१ दिन अघि

विचार:अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र
विचार:अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र

१ दिन अघि

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

१ दिन अघि

ताजा अपडेट

  • दुई कम्पनीलाई आइपीओ निकाल्न नेपाल धितोपत्र बोर्ड बाट पाए अनुमति

    दुई कम्पनीलाई आइपीओ निकाल्न नेपाल धितोपत्र बोर्ड बाट पाए अनुमति

  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

  • काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच गरिँदै

    काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच गरिँदै

  • बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

    बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

  • नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

    नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

  • बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

    बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

  • नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

    नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

  • मनाङ्ग काे सुन्दर बस्ती नार्पाभूमिकामा न सडक न बत्ती सधैँ अँध्यारो

    मनाङ्ग काे सुन्दर बस्ती नार्पाभूमिकामा न सडक न बत्ती सधैँ अँध्यारो