समाचार

पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताउनुभएको छ ।

 

सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति÷माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई गौरवमय इतिहास र संस्कृति बुझ्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

 

“नेपाल विविध संस्कृतिको धनी राष्ट्र हो, यहाँ मनाइने प्रत्येक पर्व केवल धार्मिक वा ज्योतिषीय मान्यतामा आधारित छैनन्, यी पर्वहरूले हाम्रा सामाजिक, आर्थिक र पर्यावरणीय पक्षलाई पनि प्रतिनिधित्व गरेका छन्,” सभामुख घिमिरेले भन्नुभएको छ, “नेपाली मौलिक चाडपर्वले हाम्रो सभ्यता, समाजप्रतिको जिम्मेवारी र प्राकृतिक चक्रसँगको सहकार्यलाई झल्काउँछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !