समाचार

‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’


erastriya मंगलबार, माघ ०१, २०८१

 

मनहरी (मकवानपुर), १ माघः बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्ना विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देश जारी गर्नुहँुदै उहाँले हाम्रा विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन् भन्नुभयो । चाडपर्वले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण योगदान दिने जनाउँदै उहाँले आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्न प्रदेशवासी सबैमा माघी पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

 

प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा माघे सङ्क्रान्ति र माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले हासीखुसी तथा धुमधामका साथ आआफ्नै तरिकाले मनाउने प्रचलन रहेको उल्लेख गर्नुभएको छ ।

 

थारू समुदायले माघीपर्वलाई अति उल्लासका साथ नयाँ वर्षका रूपमा नाचगान, आफन्त भेटघाट तथा खानपिन गरेर मनाउने गर्छन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

१ दिन अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

१ दिन अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…