खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटः मङ्गलबारदेखि सुरु हुने


erastriya सोमबार, पुस २९, २०८१

 

बैतडी, २९ पुसः मङ्गलबारदेखि सुरु हुने प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।

 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मैदान सरसफाइसँगै कालोपत्रलगायत तयारी पूरा भएको बताउँदै खेलाडीहरू धनगढी पुग्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।

 

आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताउनुभयो । उहाँका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

 

भोलि उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने छन् । राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले रु पाँच लाख पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई रु २५/२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु तीन हजार पुरस्कार दिइने छ ।

 

प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

महिला टी–ट्वान्टी श्रृङ्खला : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
महिला टी–ट्वान्टी श्रृङ्खला : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै

माघ २५, २०८१

महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग नेपाल पराजित
महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग नेपाल पराजित

माघ २३, २०८१

बाढीले बगाएको च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
बाढीले बगाएको च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

माघ २३, २०८१

पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि
पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि

माघ १४, २०८१

ताजा अपडेट

  • ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

    ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

  • लेबनानमा नयाँ सरकार गठन

    लेबनानमा नयाँ सरकार गठन

  • इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

    इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

  • कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

    कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

  • नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

  • इंग्ल्यान्डको गल्लीमा नेपालका  GB Rai  लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

    इंग्ल्यान्डको गल्लीमा नेपालका GB Rai लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

    कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै