अन्तर्राष्ट्रिय

चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार : भन्सार तथ्याङ्क


erastriya सोमबार, पुस २९, २०८१

चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार : भन्सार तथ्याङ्क

 

चीन र रुसबीच गत वर्ष व्यापार रेकर्ड उचाइमा पुगेको सोमबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले मस्कोमाथि पश्चिमी प्रतिबन्धहरू हुँदाहुँदै पनि दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

 

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार सन् २०२४ मा रुससँगको कूल आयात र निर्यात दुई खर्ब ४४ अर्ब ८० करोड डलर पुगेको छ । यो सन् २०२३ को दुई खर्ब ४० अर्ब १० करोड डलरको तुलनामा केही बढी हो ।

 

गत वर्षको वृद्धिले ठूला छिमेकी देशहरू बीचको व्यापारलाई ऐतिहासिक उच्च विन्दुमा पु¥यायो । यद्यपि यो अघिल्लो वर्ष रेकर्ड गरिएको २६ दशमलव तीन प्रतिशतको वार्षिक वृद्धिभन्दा निकै कम थियो ।

 

सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको राजनीतिक र आर्थिक सम्बन्ध गहिरो भएको छ । उक्त सम्बन्धलाई राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूबाट व्यापक आलोचना गरिएको छ र उनीहरूले प्रतिक्रियामा कडा प्रतिबन्धहरू लागू गरेका छन् ।

 

चीनले सङ्कटमा आफूलाई तटस्थ पक्षको रूपमा राख्न खोजेको छ र मस्कोको आक्रमणको निन्दा गर्न बारम्बार अस्वीकार गरेको छ ।

 

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा दुवै मुलुक ‘गुटनिरपेक्षताको सही मार्गमा निरन्तर हात मिलाएर अगाडि बढेका छन्’ भन्नुभएको छ ।

 

यसैबीच सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार तीन दशमलव सात प्रतिशतले बढेर छ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ ।

 

आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को हप्ता सुरु हुने गरी अझ बढी आक्रामक व्यापारिक कदमहरूको धम्की दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

असार २२, २०८२

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

असार २१, २०८२

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

असार २०, २०८२

ताजा अपडेट

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन