अन्तर्राष्ट्रिय

काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द


erastriya सोमबार, पुस २९, २०८१

 

ब्लु ओरिजिनले प्राविधिक समस्याका कारण आफ्नो विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण सोमबार बिहान रद्द गरेको छ ।

 

तीन सय २० फिट (९८ मिटर) लामो न्यु ग्लेन रकेट बिहानै फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट एउटा प्रोटोटाइप स्याटेलाइट लिएर उड्ने योजना थियो । तर प्रक्षेपण नियन्त्रकहरूले काउन्टडाउनको अन्तिम मिनेटमा अनिर्दिष्ट रकेट समस्यासँग जुध्नु पर्यो र काउन्टडाउनको समय सकियो ।

 

काउन्टडाउन घडी रोकिएपछि उनीहरूले तुरुन्तै रकेटबाट सबै इन्धन निकाल्न थाले । ब्लु ओरिजिनले समस्या समाधान गर्न थप समय चाहिने बताउँदै तत्काल नयाँ प्रक्षेपण मिति तय गरेन ।

 

एटलान्टिकको फ्लोटिङ प्लेटफर्ममा पहिलो चरणको बुस्टर अवतरण गर्ने कम्पनीको योजनामा जोखिम निम्त्याउने खराब सामुद्रिक लहरका कारण परीक्षण उडान पहिले नै ढिलो भइसकेको थियो ।

 

न्यु ग्लेन नाम पृथ्वीको कक्षामा पुग्ने पहिलो अमेरिकी जोन ग्लेनको नामबाट राखिएको हो । यो टेक्सासबाट ग्राहकहरूलाई अन्तरिक्षको सीमासम्म लैजाने ब्लु ओरिजिनको न्यु शेपर्ड रकेटभन्दा पाँच गुणा अग्लो छ ।

 

अमेजनका जेफ बेजोसले २५ वर्षअघि यो कम्पनीको स्थापना गर्नुभएको थियो । उहाँले फ्लोरिडाको ओर्लान्डोबाट करिब ५० माइल (८० किलोमिटर) पूर्वमा नासाको केनेडी स्पेस सेन्टरको गेट बाहिर रहेको रकेट कारखानामा रहेको मिसन कन्ट्रोलबाट सोमबारको काउन्टडाउनमा भाग लिनुभएको थियो ।
 

 

जे भए पनि बेजोसले आइतबार साँझ भन्नुभयो, “हामी उठ्नेछौँ र अघि बढ्नेछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

२२ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…