अन्तर्राष्ट्रिय

युएईद्वारा सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादन गर्ने योजना


erastriya सोमबार, पुस २९, २०८१

                                       

 

युएईले विद्युत, पानी र भविष्य ऊर्जा क्षेत्रका लागिे विश्वव्यापी नेतृत्व लिन तयारी जारी राख्ने युएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालय (एमइआइ) को सहायक उपसचिव अहमद अल काबीले बताउनुभएको छ ।

 

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइआरइएनए) द्वारा आयोजित उदीयमान अर्थतन्त्रमा ऊर्जा सङ्क्रमण मार्गहरू सम्बन्धी उच्चस्तरीय प्यानलमा उहाँको सहभागिताका क्रममा टिप्पणी आएको हो ।

 

उहाँले भन्नुभयो,“सुरुदेखि नै युएईले हाम्रो भविष्यको रक्षा गर्न सफा ऊर्जाको आवश्यकतालाई मान्यता दियो । हामीले यस परिवर्तनको वातावरणीय, सामाजिक र आर्थिक फाइदाहरू पनि देख्यौं र नवीकरणीय ऊर्जा परियोजनाहरूमा ठूलो लगानी ग¥यौं । यसले हामीलाई स्वच्छ ऊर्जा सङ्क्रमणको नेतृत्व गर्ने ठूलो अवसर दियो ।”

 

अल काबीले सन् २०५० सम्ममा नेट–शून्य लक्ष्य तय गर्ने यस क्षेत्रमा पहिलो भएको बताउनुभयो । “हामीले सन् २०३० सम्ममा १४.२ गिगावाट नवीकरणीय ऊर्जा क्षमतामा पुग्ने लक्ष्य राखेका छौं । हामीसँग विश्वका तीनवटा ठूला सौर्य प्लान्टहरू पनि छन् र थप परियोजनाहरू चलिरहेका छन् ।”

 

युएई शान्तिपूर्ण रूपमा आणविक उर्जा प्रयोग गर्ने पहिलो अरब राष्ट्र पनि हो । उर्जा प्लान्टले देशको २५ प्रतिशत बिजुली कार्बन–मुक्त स्रोतबाट प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !
चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

असार २९, २०८२

अफ्रिकाको उत्तर कोरिया बन्दै माली !
अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

असार २८, २०८२

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

असार २८, २०८२

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन