पछिल्लो आठ वर्षदेखि सरकारले चीनतर्फका यी नाकाबाट लक्ष्यअनुसार राजस्व उठाउन सकेको थिएन। व्यापारीहरू भने भन्सार अवरोधको समस्या कूटनीतिक पहलबाट समधान गर्न सरकारलाई आग्रह गर्दै आएका थिए। यही साउनबाट भने रसुवा र तातोपानी दुवै भन्सार कार्यालयबाट उल्लेख्य कारोबार बढेको व्यापारीहरूले बताएका छन्।
लक्ष्यको तुलनामा सबैभन्दा बढी राजस्व संकलन गर्ने नाका तातोपानी भएको छ। तातोपानी भन्सार नाकाबाट साउनमा ३२ करोड रुपैयाँको राजस्व उठाउने लक्ष्य राखिएकोमा ५३ करोड रूपैयाँको उठेको छ। यो लक्ष्यको तुलनामा ६५ प्रतिशत बढी हो।
त्यस्तै, रसुवा भन्सार कार्यालयबाट साउनमा ८० करोड रूपयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ४ करोड रूपैयाँको राजस्व उठेको छ। तातोपानी र रसुवा नाकाबाट साउनमा एक अर्ब १२ करोडको भन्सार महसुल उठ्ने लक्ष्य लिएकोमा एक अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
'विगतमा लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठ्न सकेको थिएन अहिले तातोपानीबाट मात्रै लक्ष्यको तुलनामा १६५ प्रतिशत राजस्व उठेको छ,
प्रतिकिर्या