शिक्षा

पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव


erastriya सोमबार, पुस २९, २०८१

 

काठमाडौँ, २९ पुसः त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आउँदो शैक्षिक सत्रदेखि लागू गर्न लागेको नयाँ पाठ्यक्रमका लागि आज सुरक्षा निकायसँग सुझाव लिएको छ ।

 

नयाँ पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयमा केन्द्रित रहेर सुझाव लिने क्रममा आज चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासँग सुझाव लिएको विभागका प्रमुख डा पीताम्बर भण्डारीले जानकारी दिनुभयो ।

 

भर्खरैमात्र विभागबाट केन्द्रीय विभागमा स्तरोन्नति भएको सो विभागले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा चारवटै सुरक्षा निकायका अधिकारीहरुले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर समय सान्दर्भिक पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँहरुले विभागको पाठ्यक्रम समयानुकूल, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशलाई सुहाउने तथा अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

 

विगतको मिडिटरी तथा सुरक्षा फोर्ससँग हुने द्वन्द्वभन्दा अहिले विविध किसिमका द्वन्द्व देखिएको र यसको आयाम फराकिलो बन्दै गएकाले दिगो विकासका अवधारणासँगै मौलिक ज्ञान प्रणालीको विकास र प्रयोग गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

 

उहाँहरुले सुरक्षा निकायको भूमिकाबारे राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणाली, द्वन्द्व उत्पन्न हुने कारण, द्वन्द्वको अवस्था र द्वन्द्व समाप्ति पछिको अवस्थाका विषयमा विद्यार्थीले बुझ्ने खालको पाठ्यक्रम जरुरी हुने सुझाव दिनुभयो । सामाजिक सञ्जाल, एआइ र प्रविधिको उच्चतम प्रयोगबाट उत्पन्न द्वन्द्वलाई पनि पाठ्यक्रमले सम्बोधन गर्नुपर्ने सुझाव उहाँहरुले दिनुभयो ।

 

तनाव व्यवस्थापन र आत्महत्या रोकथामका विषय समेत समावेश गर्न जरुरी रहेको सुझाव प्राप्त भएको विभागका प्रमुख डा भण्डारीले बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा द्विविनन्द ढकालले शान्ति व्यवस्थापनमा नेपालका मौलिक तथ्य रहेकाले ती अध्ययन सामग्री भएको र त्यस्ता विषयमा सुरक्षा निकायका तर्फबाट भोगेका अनुभव पाठ्यक्रमका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

 

उक्त विभागले यसअघि त्रिविका पूर्वडीन, नागरिक समाजका प्रतिनिधि, सुरक्षाविद्लगायतसँग सुझाव लिएको छ । अब पत्रकार, जनप्रतिनिधिहरुसँग सुझाव लिएर प्रस्तावित पाठ्यक्रमलाई अन्तिमरुप दिन लागिएको विभाग प्रमुख डा भण्डारीले बताउनुभयो ।

 

त्रिविले सन् २००७ मा द्वन्द्व, शान्ति र विकास अध्ययन विभाग गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

असार १६, २०८२

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ