कानुन

ज्ञानेन्द्र शाहीको काण्ड : धादिंगकि पुकु संग बिहेको बाचामा ४ पटकसम्म गर्भपतन


erastriya शनिबार, भदौ ०२, २०८०

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञान बहादुर शाही पछिल्लो समय चरम बिबादित बनेका छन् | शैक्षिक योग्यता , उत्ताउलो र अस्वाभाविक अभिव्यक्ति निर्वाचन आयोगमा पेश गरेका कागजात हुँदै अहिले बिबाद शाहीको बिबाहसम्म आइपुगेको छ |

शाहीको बिबाहको विषयले सामाजिक संजालमा निक्कै चर्चा पाइरहेको छ | बिबाहजस्तो व्यक्तिगत र निजि मामिलाका विषयमाथि प्रश्न उठाउन नहुने तर्क एकातर्फ चलिरहेको छ भने अर्कोतर्फ शाहीको बैबाहिक सम्बन्धलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ | उसो त सांसद शाहीले पनि आजसम्म आफ्नो बैबाहिक सम्बन्धलाई खुलाउन सकेका छैनन् |

तर , सांसद शाहीले भने १ मात्रै बिहे नगरेको र उनको अन्य केहि महिलासंग पनि बैबाहिक सम्बन्ध र लिभिंग टुगेदरको सम्बन्ध  रहेको खुल्नमा आएको छ|उसो त महिलाहरुसंगको सम्बन्धलाई लिएर यसअघी पनि शाहीको चरित्रमा प्रश्न भने ऊठाइएको थियो|

यस्तै शाहीको धादिङ्गकि एक महिलासंग पनि सम्बन्ध रहेको खुलेको छ |

 धादिंग घर भइ अध्यन र कामको शिलसिलामा काठमाण्डौ बस्ने 'पुकु' नामले परिचित एक युवतीसंग शाहीको सम्बन्ध रहेको खुलेको छ | शाहीले ति महिलासंग बिहेको आश्वासन दिई ३   वर्ष भन्दा बढी लिभिंग टुगेदरमा राखेका थिए | शाहीले लिभिंग टुगेदरमा राखेका ति युवतीलाई काठमाण्डौमा विभिन्न स्थान परिवर्तन गरि-गरि राखेको पनि खुलेको छ |अभियानको कामको शिलसिलामा प्राय बाहिर भइरहने शाहीले उनै युवतीलाई राख्नकोलागि भक्तपुरको पेप्सीकोलामा छुटै कोठा भाडामा समेत लिएको खुलेको छ | श्रोतको दाबि अनुसार शाहीले ति युवतीलाई काठमाण्डौ ,भक्तपुर र ललितपुर गरि ३ स्थान परिवर्तन गराएर समेत राखेका थिए | त्यस्तै शाहीले पछिल्लो समय ति युवतीलाई ललितपुरको चांगाथालीमा राखेको खुलेको छ | श्रोतले बताए अनुसार  शाही नेपालका नेपालि अभियानमार्फत चर्चामा आएसंगै ति युवातिसंग भेटघाट भएको हो | शाही भ्रस्टाचारको विरुद्दमा चर्को खवरदारीमा निक्लेसंगै ति युवती शाहीको कट्टर फ्यान बनेकी थिइन् | फ्यान बनेकी ति युवती सामाजिक संजालमार्फत शाहीसंग जोडिएकी थिइन् | यता शाहीले भने आफ्नो फ्यानको गलत फाइदा उठाउँदै ति युवातिसंग प्रेम सम्बन्ध स्थापित गरेका थिए |

ति युवती निकट श्रोतले बताए अनुसार शाहीले आफु बिबाहित भएपनि केहि समय पहिला नै डिभोर्स गरिसकेकाले अबिबाहित रहेको र एक योग्य महिलाको खोजीमा रहेको भन्दै ति महिलालाई आकर्षित गरेका थिए | राजधानीमा दिदिसंग बसेर अध्यन गरिरहेकी महिलालाई शाहीले छिट्टै बिहे गर्ने बाचा गर्दै ३ वर्षसम्म संगै पनि राखेका थिए | ति युवती र शाहीबिचको सम्बन्ध उनको घरमा पनि थाहा भएर ति युवतीको परिवारले शाहीलाई ज्वाईं नै मान्ने गरेका थिए | चांगाथालीमा बस्दा शाहीले भने ति युवतीलाई बारम्बार शारीरिक र मानसिक यातना दिने गरेको समेत पाइएको छ | चांगाथालीमा बिनय जंग बस्नेतको घरमा बस्दा समेत शाहीले ति युवतीलाई संगै राखेका थिए |

तर शाही एक्लो नभई बिबाहित थिए | इन्दु सिंह नामको महिलासंग शाहीको बिबाह केहि वर्ष पहिला नै भइसकेको थियो | यता शाहीले इन्दु र पुकु नामले चिनिने ति दुवै युवतीमाथि छल गरिरहेका थिए |

बिश्वस्त श्रोतको जानकारी अनुसार केही वर्षअघि नै बिबाह गरेपनि बिबाह दर्ता नभएकाले इन्दुलाई छाडेर ति युवातिसंग बिबाह गर्ने तयारीमा रहेका शाहीलाई शाहीको परिवारले पनि अवरोध गरेको थिएन |

चाडै बिहे गर्ने आश्वासन दिई बारम्बार उनलाई प्रयोग गरिरहेका शाहीले ४ पटक गर्भपतन समेत गराएका थिए | बिश्वस्त श्रोतले बताए अनुसार शाहीले ति युवतीलाई ललितपुरको पाटन अस्पतालमा लगेर ४ पटकसम्म गर्भपतन गराएका थिए | तर,शाहीले पछी भने ति युवतीलाई धोका दिएर बेवास्ता गरेको पाइएको छ |

शाहि  र ति युवतीको सम्बन्धमा फाटो

शाहीको श्रीमती भनिएकी इन्दु सिंह सुर्खेतको अस्पतालमा कार्यरत थिइन् |शाही यता काठमाण्डौ मै बस्थिए | यता शाही ति युवातिसंग बिहे गर्ने अन्तिम तयारीमा रहेको थाहा पाएसंगै शाहीको श्रीमती इन्दु सिंहले सुर्खेतमा अस्पतालको छतबाट हाम फालेर आत्माहत्याको प्रयास नै गरिन | इन्दु सिंहको माइतीले अन्ततः हेलिकप्टर मार्फत इन्दुलाई सुर्खेतबाट काठमाण्डौ लेरायो र उपचार गर्यो | इन्दु ४ महिनासम्म पूर्ण बेडरेष्टमा थिइन् | जतिबेला मेरो छोरीलाई मार्न खोजेको भन्दै इन्दुलाई भेट्न अस्पताल पुगेका शाहीलाई इन्दुको बुवाले हातपात समेत गर्न खोजेका थिए |

यता ति युवती र शाही बिचको सम्बन्धको कारण नै इन्दुले आत्महत्या गर्ने अवस्थामा पुगेको निष्कर्ष निकालेको इन्दुको माइतीले ति युवतीलाई बारम्बार भेटि टर्चर गरिरहेको थियो | शाहीको कुरामा र उनले देखाएको सपनामा चुर्लुम्म डुबेकी ति युवती अन्तत शाही बिबाहित नै रहेको र उनको शाहिसंगको सम्बन्धको कारण उनको श्रीमतीले आत्महत्या समेत गर्न खोजेको थाहा पाएपछि आश्चर्यमा परेकी थिइन् | त्यसपछि ति युवती लामो समयसम्म मनोरोगबाट पिडित रहेको र धेरै पटकसम्म आत्महत्याको प्रयास गरेको समेत बुझिएको छ |

ति युवती र उनका परिवार त्यतिबेला शाहीको बिरुद्दमा उजुरी हाल्ने अन्तिम तयारीमा थिए | तर शाहीले भन विभिन्न धम्कि दिंदै ति युवतीलाई कानुनि बाटोमा जानबाट रोकेको बुझिएको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर
फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

असार २६, २०८२

भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा
भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

असार २३, २०८२

सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

असार २३, २०८२

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !