राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञान बहादुर शाही पछिल्लो समय चरम बिबादित बनेका छन् | शैक्षिक योग्यता , उत्ताउलो र अस्वाभाविक अभिव्यक्ति निर्वाचन आयोगमा पेश गरेका कागजात हुँदै अहिले बिबाद शाहीको बिबाहसम्म आइपुगेको छ |
शाहीको बिबाहको विषयले सामाजिक संजालमा निक्कै चर्चा पाइरहेको छ | बिबाहजस्तो व्यक्तिगत र निजि मामिलाका विषयमाथि प्रश्न उठाउन नहुने तर्क एकातर्फ चलिरहेको छ भने अर्कोतर्फ शाहीको बैबाहिक सम्बन्धलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ | उसो त सांसद शाहीले पनि आजसम्म आफ्नो बैबाहिक सम्बन्धलाई खुलाउन सकेका छैनन् |
तर , सांसद शाहीले भने १ मात्रै बिहे नगरेको र उनको अन्य केहि महिलासंग पनि बैबाहिक सम्बन्ध र लिभिंग टुगेदरको सम्बन्ध रहेको खुल्नमा आएको छ|उसो त महिलाहरुसंगको सम्बन्धलाई लिएर यसअघी पनि शाहीको चरित्रमा प्रश्न भने ऊठाइएको थियो|
यस्तै शाहीको धादिङ्गकि एक महिलासंग पनि सम्बन्ध रहेको खुलेको छ |
धादिंग घर भइ अध्यन र कामको शिलसिलामा काठमाण्डौ बस्ने 'पुकु' नामले परिचित एक युवतीसंग शाहीको सम्बन्ध रहेको खुलेको छ | शाहीले ति महिलासंग बिहेको आश्वासन दिई ३ वर्ष भन्दा बढी लिभिंग टुगेदरमा राखेका थिए | शाहीले लिभिंग टुगेदरमा राखेका ति युवतीलाई काठमाण्डौमा विभिन्न स्थान परिवर्तन गरि-गरि राखेको पनि खुलेको छ |अभियानको कामको शिलसिलामा प्राय बाहिर भइरहने शाहीले उनै युवतीलाई राख्नकोलागि भक्तपुरको पेप्सीकोलामा छुटै कोठा भाडामा समेत लिएको खुलेको छ | श्रोतको दाबि अनुसार शाहीले ति युवतीलाई काठमाण्डौ ,भक्तपुर र ललितपुर गरि ३ स्थान परिवर्तन गराएर समेत राखेका थिए | त्यस्तै शाहीले पछिल्लो समय ति युवतीलाई ललितपुरको चांगाथालीमा राखेको खुलेको छ | श्रोतले बताए अनुसार शाही नेपालका नेपालि अभियानमार्फत चर्चामा आएसंगै ति युवातिसंग भेटघाट भएको हो | शाही भ्रस्टाचारको विरुद्दमा चर्को खवरदारीमा निक्लेसंगै ति युवती शाहीको कट्टर फ्यान बनेकी थिइन् | फ्यान बनेकी ति युवती सामाजिक संजालमार्फत शाहीसंग जोडिएकी थिइन् | यता शाहीले भने आफ्नो फ्यानको गलत फाइदा उठाउँदै ति युवातिसंग प्रेम सम्बन्ध स्थापित गरेका थिए |
ति युवती निकट श्रोतले बताए अनुसार शाहीले आफु बिबाहित भएपनि केहि समय पहिला नै डिभोर्स गरिसकेकाले अबिबाहित रहेको र एक योग्य महिलाको खोजीमा रहेको भन्दै ति महिलालाई आकर्षित गरेका थिए | राजधानीमा दिदिसंग बसेर अध्यन गरिरहेकी महिलालाई शाहीले छिट्टै बिहे गर्ने बाचा गर्दै ३ वर्षसम्म संगै पनि राखेका थिए | ति युवती र शाहीबिचको सम्बन्ध उनको घरमा पनि थाहा भएर ति युवतीको परिवारले शाहीलाई ज्वाईं नै मान्ने गरेका थिए | चांगाथालीमा बस्दा शाहीले भने ति युवतीलाई बारम्बार शारीरिक र मानसिक यातना दिने गरेको समेत पाइएको छ | चांगाथालीमा बिनय जंग बस्नेतको घरमा बस्दा समेत शाहीले ति युवतीलाई संगै राखेका थिए |
तर शाही एक्लो नभई बिबाहित थिए | इन्दु सिंह नामको महिलासंग शाहीको बिबाह केहि वर्ष पहिला नै भइसकेको थियो | यता शाहीले इन्दु र पुकु नामले चिनिने ति दुवै युवतीमाथि छल गरिरहेका थिए |
बिश्वस्त श्रोतको जानकारी अनुसार केही वर्षअघि नै बिबाह गरेपनि बिबाह दर्ता नभएकाले इन्दुलाई छाडेर ति युवातिसंग बिबाह गर्ने तयारीमा रहेका शाहीलाई शाहीको परिवारले पनि अवरोध गरेको थिएन |
चाडै बिहे गर्ने आश्वासन दिई बारम्बार उनलाई प्रयोग गरिरहेका शाहीले ४ पटक गर्भपतन समेत गराएका थिए | बिश्वस्त श्रोतले बताए अनुसार शाहीले ति युवतीलाई ललितपुरको पाटन अस्पतालमा लगेर ४ पटकसम्म गर्भपतन गराएका थिए | तर,शाहीले पछी भने ति युवतीलाई धोका दिएर बेवास्ता गरेको पाइएको छ |
शाहि र ति युवतीको सम्बन्धमा फाटो
शाहीको श्रीमती भनिएकी इन्दु सिंह सुर्खेतको अस्पतालमा कार्यरत थिइन् |शाही यता काठमाण्डौ मै बस्थिए | यता शाही ति युवातिसंग बिहे गर्ने अन्तिम तयारीमा रहेको थाहा पाएसंगै शाहीको श्रीमती इन्दु सिंहले सुर्खेतमा अस्पतालको छतबाट हाम फालेर आत्माहत्याको प्रयास नै गरिन | इन्दु सिंहको माइतीले अन्ततः हेलिकप्टर मार्फत इन्दुलाई सुर्खेतबाट काठमाण्डौ लेरायो र उपचार गर्यो | इन्दु ४ महिनासम्म पूर्ण बेडरेष्टमा थिइन् | जतिबेला मेरो छोरीलाई मार्न खोजेको भन्दै इन्दुलाई भेट्न अस्पताल पुगेका शाहीलाई इन्दुको बुवाले हातपात समेत गर्न खोजेका थिए |
यता ति युवती र शाही बिचको सम्बन्धको कारण नै इन्दुले आत्महत्या गर्ने अवस्थामा पुगेको निष्कर्ष निकालेको इन्दुको माइतीले ति युवतीलाई बारम्बार भेटि टर्चर गरिरहेको थियो | शाहीको कुरामा र उनले देखाएको सपनामा चुर्लुम्म डुबेकी ति युवती अन्तत शाही बिबाहित नै रहेको र उनको शाहिसंगको सम्बन्धको कारण उनको श्रीमतीले आत्महत्या समेत गर्न खोजेको थाहा पाएपछि आश्चर्यमा परेकी थिइन् | त्यसपछि ति युवती लामो समयसम्म मनोरोगबाट पिडित रहेको र धेरै पटकसम्म आत्महत्याको प्रयास गरेको समेत बुझिएको छ |
ति युवती र उनका परिवार त्यतिबेला शाहीको बिरुद्दमा उजुरी हाल्ने अन्तिम तयारीमा थिए | तर शाहीले भन विभिन्न धम्कि दिंदै ति युवतीलाई कानुनि बाटोमा जानबाट रोकेको बुझिएको छ |
प्रतिकिर्या