समाचार

मधेश प्रदेशको उद्योगका उत्पादन क्षमता खुम्चियो


erastriya सोमबार, पुस २९, २०८१

 

वीरगञ्ज (पर्सा), २९ पुसः मधेश प्रदेशमा रहेका उद्योगहरुको आफ्नो उत्पादन क्षमताको औसतमा ५१ दशमलव ०३ प्रतिशतमा खुम्चिएको छ ।

 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेश प्रदेश) अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा उद्योगहरुको उत्पादन क्षमता औसतमा १० दशमलव ५३ प्रतिशतले खुम्चिएको छ । जबकि गत आर्थिक वर्ष २०७९/८० मा यहाँका उद्योगहरुको औसत क्षमता उपयोग ६१ दशमलव ५६ प्रतिशत रहेको थियो ।

 

राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार समीक्षा अवधिमा हल्का पेयपदार्थ उद्योगले सबैभन्दा बढी ९७ दशमलव ७८ प्रतिशत क्षमता उपयोग भएको देखाएको छ । त्यसैगरी सो आवमा वनस्पति घीउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् शूल्य दशमलव ४० रहेको देखाएको छ ।

 

वनस्पति घीउ उद्योगको क्षमता अति न्यून रहनुमा हालका दिनहरूमा वनस्पति घीउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु र यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले यसको बजार माग घट्दै जाँदा उत्पादन पनि क्रमशः घट्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा प्लास्टिकजन्य उद्योगको र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमतामा अघिल्लो अवधिको तुलनामा कमी आएको पनि औँल्याएको छ । राष्ट्र बैङ्कको प्रतिवेदनले आर्थिक वर्ष २०८०÷८१ मा फलामको छड तथा पत्ती उद्योगको क्षमता उपयोग ४१ दशमलव २५ प्रतिशत रहेको देखाएको छ । जबकि आव २०७९/८० मा फलामको छड तथा फलामको पत्ती उद्योगको क्षमता उपयोग ९१ दशमलव ९६ प्रतिशत रहेको थियो ।

 

आव २०८०/८१ म सिमेन्ट उद्योगको क्षमता उपयोग ३७ दशमलव ६९ प्रतिशत रहेको छ । जबकि आव २०७९/८० मा भने सिमेन्ट उद्योगको क्षमता उपयोग ३९ दशमलव ३९ प्रतिशत रहेको देखाएको छ । आव २०८०/८१ मा हल्का पेयपदार्थ उद्योगको क्षमता उपयोग ९७ दशमलव ७८ प्रतिशत रहेको छ । आव २०८०/८१ मा गहँुको पीठो उद्योगको क्षमता उपयोग ७३ दशमलव ६९ प्रतिशत, भटमासको तेल उद्योगको क्षमता उपयोग १४ दशमलव २३ प्रतिशत, साबुन उद्योगको क्षमता उपयोग २९ दशमलव १९ प्रतिशत, आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ८५ दशमलव ७५ प्रतिशत, केमिकल लिक्युड पदार्थ उद्योगको क्षमता उपयोग ४३ दशमलव २६ प्रतिशत रहेको छ ।

 

राष्ट्र बैङ्कको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योगहरू ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औँल्याएको छ । प्रतिवेदनमा भनिएको छ “श्रमिक, ऊर्जा तथा बजार जस्ता कारणहरूले उत्पादन अवरुद्ध हुने अवस्था अन्त्य गर्दै वर्षैभरि उद्योग चल्ने वातावरण बनाई कच्चापदार्थको नोक्सानी र उत्पादनको लागत घटाउनुपर्ने देखिन्छ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…