अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु


erastriya सोमबार, पुस २९, २०८१

 

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।

 

रूसले युक्रेनविरुद्धको युद्धमा करिब ३०० उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार ७०० जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताउनुभएको छ ।

 

सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभविरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो ।

सप्ताहन्तमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले दुई जना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताउनुभएको थियो । “रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुस्र्क क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ, उत्तर कोरियाली सेनाको हताहत तीन हजार नाघेको अनुमान गरिएको छ,” सांसद ली सियोङ–क्वेनले जासूसी एजेन्सीको ब्रिफिङपछि पत्रकारहरूलाई भन्नुभयो । सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसको ब्रिफिङपछि लीले भन्नुभयो, “यसमा करिब ३०० जनाको मृत्यु र दुई हजार ७०० जना घाइते भएका छन्

 

उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बनाउनुको साटो आत्महत्या गर्न आदेश दिइएको लीले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी मृतक सैनिकमा फेला परेका मेमोले उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुअघि आत्महत्या गर्न वा आत्मविस्फोट गर्न दबाब दिएको सङ्केत गर्छ।”

उहाँले केही सैनिकलाई ‘आममाफी’ दिइएको वा उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीमा सामेल हुन चाहेको र लडेर आफ्नो अवस्था सुधार्ने आशा व्यक्त गरेका छन् । पक्राउ पर्न लागेका एक जना उत्तर कोरियाली सैनिकले ‘जनरल किम जोङ उन’ भन्दै चिच्याएर ग्रेनेड विष्फोट गर्ने प्रयास गरेको लीले बताउनुभयो

 

एनआइएसको विश्लेषणले उत्तर कोरियाली सैनिकमा ‘आधुनिक युद्धबारे नबुझेको’ र रूसले यसलाई ‘हताहत हुनेको संख्या उच्च’ हुने गरी प्रयोग गरिरहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…