राजनीति

सुनकाण्डमा दावाको बयान : एमाले उपाध्यक्ष इश्वर र बादलका छोरा संग मिलेर गरेको हो


erastriya शुक्रबार, भदौ ०१, २०८०

हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्।

६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्। उनीसँग सीआईबीले बयान लिइसकेको छ।

दावासहितले ठमेलमा सञ्चालन गरेको होटेल भियनाबाट सुनको कारोबार भएको भरपर्दाे प्रमाण सीआईबीसँग छ। दावाले नेकपा एमालेका दुई उपाध्यक्षका छोरासँग मिलेर लामो समयदेखि काम गरिरहेको बयानमा बताएका हुन्।

नेपालखबरमा सागर न्यौपानेले लेखे अनुसार दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेका छन्। आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ। साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष
उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

१८ घण्टा अघि

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

२० घण्टा अघि

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

१ दिन अघि

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ
माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

मंसिर १८, २०८१

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष