खेलकुद

सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभ


erastriya आइतबार, पुस २८, २०८१

हेटौँडा, २८ पुस : सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुनेभएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ । 

बागमती गाउँपालिका खेलकुद विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म बागमती–४ झुरझेस्थित रङ्गशालामा हुने जानकारी दिइयो । यस अघि उक्त प्रतियोगिता जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो । प्रतियोगितामा पहिलो हुने टोलीले रु १० लाख र दोस्रो हुनेले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । 

प्रतियोगितामा ‘ए’ डिभिजनका सात र मोफसलका तीन टोली सहभागी हुने छन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई रु १० हजार पुरस्कार प्रदान गरिने छ । फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालन गर्ने योजना बनाएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसअघि छैटौँ संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौँले जितेको थियो । प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाले रु ३० लाख सहयोग गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग
एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

१८ घण्टा अघि

राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै
राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

असार १५, २०८२

आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम
आईसीसीले परिवर्तन गर्यो क्रिकेटका ६ नियम

असार १३, २०८२

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै
टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

असार ०५, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…