समाचार

महोत्तरीमा धान उत्पादन बढ्यो


erastriya आइतबार, पुस २८, २०८१

 

जलेश्वर, २८ पुसः महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो ।

 

यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो । जुन गतवर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो । गतवर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बिऊ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताउनुभयो । उहाँले मसिनो र सुगन्धित धान (बासमति, कारी कुमोद, तुलसी फूल) लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताउनुभयो । उहाँका अनुसार यसवर्ष जिल्लामा केवल तीन हजार दुई सय ५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको हो ।

 

केन्द्रका अनुसार जिल्लामा यसवर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र दुई दशमल पाँच मेट्रिक टन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव
मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव

३५ मिनेट अघि

बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म
बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

२२ घण्टा अघि

झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।
झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।

जेठ २७, २०८२

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्
गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

जेठ २७, २०८२

ताजा अपडेट

  • अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोराम…

  • मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव

    मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालि…

  • लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

    लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

  • रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकियाे, सतापक्षसँग सुरू

    रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकिया…

  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा ह…

  • आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड…

  • एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध …

  • बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

    बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी सम…