शिक्षा

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने यसरी हेर्नुहाेस्


erastriya मंगलबार, साउन ३०, २०८०

३० साउन, भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ ।

उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा 

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np  र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।

त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ : देउवा

मंसिर १२, २०८१

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

मंसिर ११, २०८१

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित
सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित

मंसिर ०२, २०८१

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

कात्तिक २७, २०८१

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष