शिक्षा

काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला


erastriya आइतबार, पुस २८, २०८१

 

काभ्रेपलाञ्चोक, २८ पुसः अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।

 

फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । रु १६ लाखको सहयोगमा उक्त प्रयोगशाला व्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०५३ सालमा स्थापना गरी कक्षा ३ बाट सुरु गरिएको विद्यालयमा हाल कक्षा ८ सम्म एक सय ७३ विद्यार्थी अध्ययनरत छन् ।

 

स्थापित प्रयोगशालाको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउन्डेसनका निर्देशक ८१ वर्षीया रोसालिण्ड रुसेलले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको छ । सो अवसरमा रुसेलले प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएकाले उक्त विद्यालयमा कम्प्युटर ल्याबको स्थापनाले यहाँका विद्यार्थीमा चेतनास्तर बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । “शिक्षा संसारको ठूलो स्वतन्त्रता हो, प्रविधियुक्त शिक्षाले अझ फराकिलो शिक्षा प्राप्त गर्नमा मद्दत गर्दछ”, उहाँले भन्नुभयो, “तपाईँ विद्यार्थीहरूले समायानुकूल प्रविधिमैत्री शिक्षा पाउनुहुनेछ, यसको सही सदुपयोग गर्नुस्, आफूलाई अब्बल विद्यार्थीका रूपमा प्रस्तुत हुनुस्, शुभकामना छ ।”

 

उक्त विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापनाले विद्यार्थी खुसी भएका छन् । विद्यालयको बाल क्लबको अध्यक्ष कक्षा ८ मा अध्ययनरत अनिषा लामाले आफ्नो विद्यालयमा कम्प्युटर सिक्न पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कम्प्युटर चलाउन कि त बजारका साइबर धाउनुपथ्र्यो, कि त मोबाइलमा मात्र कम्प्युटर शिक्षा लिएको र चलाएको देख्न पाउथ्यौँ, आज अमेरिकन संस्थाले हाम्रै विद्यालयमा ल्याबको स्थापना गरिदिएपछि हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सानै उमेरदेखि कम्प्युटर शिक्षा लिन तथा अभ्यास गर्न पाएकोमा निकै खुसी भएका छौँ ।”

 

यसैगरी उक्त संस्थाले आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले पाँचखाल नगरपालिका –१० बेलाका २५ गृहिणी महिलालाई बाख्रा प्रदान गरेको छ । रुसेल आफैँले प्रतिमहिला दुई वटाका दरले बाख्रा वितरण गर्नुभएको हो । ती बाख्राबाट जन्मेकोमध्ये दुई वर्षपछि एउटा बाख्रा फिर्ता गरी पुनः अर्को समूह बनाइने संस्थाका नेपाल निर्देशक रवीन्द्र सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले नेपालमा ५२ महिला समूह निर्माण गरी बाख्रा वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

असार १६, २०८२

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

असार १३, २०८२

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

ताजा अपडेट

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…