राजनीति

मेडिकल माफिया सुनिल शर्माका बिरुद्द अखिल (क्रान्तिकारी) को बिरोद प्रदर्शन


erastriya मंगलबार, साउन ३०, २०८०

२९ साउन काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज सासंद डा. सुनिल शर्मालो संसदमा बोलेको विषयलाई लिएर पवन कार्की नेतृत्वले विज्ञप्ति सार्वजनिक गरेको छ ।

प्रेस विज्ञप्ति
नक्कली सर्टिफिकेट धारी मेडिकल माफिया सुनिल शर्मा लाई कारबाही गर !

हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी अधिकार र शिक्षा क्षेत्रको परिवर्तनका लागि शैक्षिक माफियाहरुका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको यहाँहरु सबैमा सर्वविदितै छ ।

मेडिकल शिक्षामा ब्रम्हलूट मच्चाउँदै आइरहेको मेडिकल माफियाले नक्कली सर्टिफिकेटको आधारमा आफूलाई डाक्टर भएको भ्रमको खेती गरी जनतालाई धोका दिँदै आएको सुनिल शर्मा नामक सांसदले आज मिति २०८० श्रावण २९ गते सम्मानित संसदमा उभिएर नेपालको संविधान र कानुनको उल्लंघन गरी संसदीय मर्यादा विपरित सम्माननीय प्रधानमन्त्री र गृहमन्त्री लाई आतङ्ककारी भनी मनपरी बोलेको कुरा प्रती हाम्रो संगठन अखिल (क्रान्तिकारी) को गंभीर ध्यानाकर्षण भएको छ ।

नक्कली सर्टिफिकेट धारी मेडिकल माफिया सुनिल शर्माको उक्त अभिव्यक्ति तत्काल संसद्को रेकर्ड बाट हटाउन र निज सुनिल शर्मा लाई सांसद बाट बर्खास्त गर्न जोडदार माग गर्दछौँ । अर्काको सम्पत्ति हत्याएर अकुत कमाएको सुनिल शर्माको सम्पति छानबीन गर्न र निजले नक्कली सर्टिफिकेटको आधारमा लिएको डाक्टर उपाधि खारेज गरी निज सुनिल शर्मा लाई कानुन बमोजिम किर्ते गरेको, अकुत सम्पति आर्जन गरेको र राष्ट्रहित विरुद्धको कार्य गरेको हुँदा तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।

नक्कली सर्टिफिकेट धारी माफिया सुनिल शर्मा लाई तत्काल संसद र सरकारले कार्वाही नगरे निज सुनिल शर्मा लाई जहाँ भेट्यो त्यही सार्वजानिक रुपमा बहिष्कार गर्न अखिल (क्रान्तिकारी) आम सचेत नागरिकहरुमा हार्दिक अपिल गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा