खेलकुद

रोनाल्डो पछी नेइमार साउदी क्लब हानिय


erastriya मंगलबार, साउन ३०, २०८०

 

फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल-हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ।

३१ वर्षीय नेइमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ।

२०१७ मा विश्वकीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पिएसजीमा आवद्ध भएका नेइमारले शनिबार लिग वानको पहिलो गुमाएका थिए।

उनलाई नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकले आफ्नो योजनाको हिस्सा बनाएका थिएनन्।

नेइमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेका थिए।

नेइमार सम्झौताको खबर पिएसजी र फरवार्ड केलियन एमबाप्पेबीच सकारात्मक वार्तापछि आएको हो। एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा पुन: समावेश भएको २४ घण्टापछि नेइमार साउदी जाने पक्का भएको हो।

गत महिना साउदी क्लबले विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्तावपछि पिएसजीले अल-हिलाललाई एमबाप्पेसँग कुरा गर्न अनुमति दिएको थियो।

यो सिजन करिम बेन्जेमा, एन'गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता साउदी अरब गएका छन्।

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो गत जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल-नासरमा आवद्ध भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

साउन १६, २०८२

पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित
पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

साउन १२, २०८२

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा
एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

साउन १२, २०८२

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)

साउन १२, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…