समाचार

चितवन महोत्सवमा काँचो केराका परिकार


erastriya शुक्रबार, पुस २६, २०८१

 

चितवन, २६ पुसः तनहुँको देवघाटबाट आउनुभएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै हुनुहुन्थ्यो । उहाँले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाउनुभयो ।

 

उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि खाना र खाजाका रूपमा काँचो केरालाई प्रयोग नगरेकाले नयाँ स्वाद लागेको बताउनुभयो ।

 

देवघाटमा व्यवसाय गर्दै आउनुभएकी तिमिल्सिनाले केराजस्तो चोखो जातको परिकार सबै पसलमा पु¥याउन सके व्यवसायीका साथै उपभोक्तालाई पनि फाइदाजनक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “केराको परिकारलाई सबैको पसलमा पु¥याउनु आवश्यक छ ।”

 

महोत्सव अवलोकन गर्न आउनुभएका भरतपुर महानगरपालिका–१२ का युवराज रेग्मी केराको स्वाद लिँदै घाम ताप्दै हुनुहुन्थ्यो । केराका विभिन्न परिकार अवलोकन गर्दै उहाँले भन्नुभयो, “नयाँ स्वाद र अग्र्यानिक परिकारले मन लोभ्यायो । केरा पकाएर मात्रै नभई काँचै पनि विभिन्न परिकार बनाएर खान मिल्ने रहेछ, यो सबैले खान मिल्ने खालको हुँदो रहेछ ।” उहाँले यसको प्रयोग बढाउन सके प्रभावकारी हुने विचार राख्नुभयो ।

 

महोत्सवस्थलमा रहेको केराको मःम, चिप्स, अचारलगायत विभिन्न परिकार खान आउनेको घुइँचो थियो । केराका विभिन्न परकारका बारेमा उपभोक्तालाई जानकारी दिने उद्देश्यले महोत्सवमा राखिएको चितवन केरा सङ्घका उपाध्यक्ष शङ्कर सुवेदीले बताउनुभयो । उहाँका अनुसार यहाँ केराको मःम, छोइला, अचार, पकौडा, चिप्सलगायत खाजाका परिकारहरू बिक्रीका लागि राखिएका छन् ।

 

जिल्लामा हुने हरेक महोत्सवमा सङ्घको नेतृत्वमा केराका परिकार पस्किँदै आइएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समयमा बढी सेवाग्राही नपाइने भएकाले मेला महोत्सव लक्षित गर्दै आएका हौँ ।”

 

दैनिक ३१ जना कर्मचारी राखेर महोत्सव अवलोकनकर्तालाई केराका परिकार चखाउँदै र सिकाउँदै आइएको सुवेदीले जानकारी दिनुभयो । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएकामा ४३ हजार एक सय ९३ मेट्रिक टन उत्पादन हुन्छ ।

 

उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने जनाउँदै सङ्घका उपाध्यक्ष सुवेदीले पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा बढी केराखेती हुने गरेको बताउनुभयो ।

 

भरतपुर महानगरको ठिमुरा, जगतपुर र मेघौली क्षेत्रमा पनि व्यावसायिक केराखेती गरिएको छ । केराको खपत बढाउन व्यवसायीले मेला महोत्सवहरूमा विभिन्न परिकार बनाउने गरेका छन् । पाकेको मात्रै होइन, काँचो केराको खपत बढाउन सके बजारको समस्या नहुने व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…