अन्तर्राष्ट्रिय

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने


erastriya शुक्रबार, पुस २६, २०८१

 

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउनुहुनेभएको छ ।

 

युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास गरेपछि विदेशमा जीवन विताउँदै आउनुभएको छ । आक्रमणपछि पनि उहाँले पाकिस्तानी किशोरीहरूको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ तर पाकिस्तानको विरलै मात्र भ्रमण गर्ने गर्नुभएको छ ।

 

“म विश्वभरका मुस्लिम नेताहरूसँग छात्रा शिक्षासम्बन्धी महत्वपूर्ण सम्मेलनमा सामेल हुन पाउँदा उत्साहित छु,” उनले शुक्रबार एक्समा एक पोस्टमा लेख्नुभएको छ ।

 

“आइतबार म सबै बालिकालाई विद्यालय जान पाउने अधिकारको रक्षा गर्ने र तालिबानलाई अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा सम्बोधन गर्नेछु,” उहाँले पोस्टमा लेख्नुभएको छ ।

मलाला फन्ड च्यारिटीका प्रवक्ताले उहाँ व्यक्तिगत रूपमा शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन्। मुस्लिम समुदायमा बालिका शिक्षामा केन्द्रित रहेर शनिबार र आइतबार राजधानी इस्लामावादमा दुई दिने शिखर सम्मेलन हुनेछ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उद्घाटन गर्ने समारोहमा ४४ देशका मन्त्री तथा राजदूतका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधिसहभागी हुनेछन् । यस शिखर सम्मेलनले मुस्लिम समुदायको शिक्षाको माध्यमबाट बालिकाहरूको सशक्तीकरणको साझा प्रतिबद्धतालाई पुष्टि गर्नेछ।

 

सन् २०१२ मा अफगानिस्तानसँग सीमा जोडिएको स्वात उपत्यकामा पाकिस्तानी तालिवान लडाकूले विद्यालयको बसमा आक्रमण गरेपछि दिएको प्रतिक्रियापछि युसुफजाई चर्चामा आउनुभएको थियो । अफगान तालिबान र नेटो सेनाबीच सीमापार युद्ध चर्किरहेको समय पाकिस्तानी तालिवानको नेतृत्वमा यस क्षेत्रमा बर्बर आतङ्क फैलिएको थियो ।

 

हत्या प्रयासपछि उहाँलाई संयुक्त अधिराज्य (बेलायत)मा लगियो र बालिका शिक्षाको लागि विश्वव्यापीरूपमा आवाज उठाएका कारण १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरको नोबेल शान्ति पुरस्कार विजेता बन्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

७ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

२२ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…