राजनीति

सुन प्रकरणमा महराका बाबु छोरा नै पक्राउ गर्न तयार : माओबादी नेता


erastriya सोमबार, साउन २९, २०८०

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र मन्त्रीसहितको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितामा माओवादीका जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाही हुने बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिए उनीहरूलाई पनि जेल हाल्ने  बताए ।

‘प्रधानमन्त्रीले बैठकमा भ्रष्टाचार, अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला । भ्रष्टाचार र अनियमितामा कुनै सम्झौता हुँदैन । सरकारको नीति सबैलाई बराबर हो । दोषी देखिएका कसैलाई पनि छोडिने छैन । चाहे त्यो माओवादीको पदाधिकारी नै किन नहोस् भन्नुभयो,’ बैठकमा सहभागी ले भने ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेताहरूलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाएको बताए ।

यद्यपि कुनै नेता विशेषको नाममा भने छलफल नभएको  जानकारी दिए । ‘बैठकमा कुनै नेता विशेषको नाममा छलफल नभए पनि दोषी देखिए माओवादीका पदाधिकारीलाई पनि छोड्नुहुन्न भन्ने छलफल भयो,' भने, 'महरा कमरेडको नाम उल्लेख भएन । दोषीलाई कारबाही गर्नेमा बैठक एक मत भएको छ ।’

बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले गरेका कामको बिफ्रिङ गरेको को भनाइ छ ।

केही समयदेखि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम ९ किलो सुन प्रकरणमा जोडिएको छ । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सचिव वर्षमान पुन र उनको परिवारका फोटाहरू सार्वजनिक भएका थिए ।

पुनले छानबिन हुनुपर्ने बताउँदै आएका छन् । साउन १७ देखि २१ सम्म चलेको माओवादीको केन्द्रीय कमिटी बैठकमा पनि पुनले सुन प्रकरणमा आफ्नो नाम जोडिएकाले छानबिन हुनुपर्ने माग राखेका थिए । तर, महराले यो विषयमा केही पनि बोलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित
रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

७ घण्टा अघि

प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली
प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

८ घण्टा अघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

१ दिन अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

१ दिन अघि

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !