नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा पक्राउ परेका सात जना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले अनुमति मागेको थियो।
तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतमा राख्ने अनुमति दिन अस्वीकार गरेको हो। उनलाई तारेखमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।
२०७९ साउनमै शर्माको प्रमाणपत्र जाँच गर्दा नक्कली भएको रिपोर्ट आए पनि सीआईबीले हालसम्म अनुसन्धान नगरी राखेको र शर्मा अहिलेसम्म नभागेकाले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको नेउपानेले बताए।
त्यस्तै, यही कसूरमा पक्राउ परेका पाँच जनालाई भने पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ। यो प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन्।
सीआईबीले शर्मालाई साउन २५ गते काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो।
प्रतिकिर्या