अन्तर्राष्ट्रिय

साहासी दिदी भाई पाकिस्तानमा दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाएर जलाए


erastriya बुधबार, पुस २४, २०८१

बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । 

पञ्जाबको गुजरानवाला शहरमा जनवरी १ मा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा मङ्गलबार उनको मृत्यु भयो । ती केटीहरूले आफूहरूबीच ‘स्थायी समाधान’ खोज्ने निर्णय गरेको बताए”, सहरका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भन्नुभयो, “त्यसपछि उनीहरूले मोटरसाइकलबाट पेट्रोल लिएर सुतिरहेका बुबालाई आगो लगाइदिए ।”

सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न खोजेको बताएका छन् ।

उनीहरूका आमाहरू दुव्र्यवहारका बारेमा जान्दथे तर बदला लिने योजनाका बारेमा थाहा थिएन । उनीहरू दुवै ती पुरुषसँग विवाहित हुन् ।

केटीहरूको पहिचान सुरक्षित राख्न एएफपीले ती व्यक्तिको नाम उल्लेख गरेको छैन । तीमध्ये एक अघिल्लो विवाहकी छोरी हुन् । पत्नीहरूमध्ये एकलाई पनि पक्राउ गरिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको छ ।

“अनुसन्धान सकिने बित्तिकै केही दिनभित्रै उनीहरूलाई अदालत समक्ष पेश गर्ने अपेक्षा गरेका छौँ”, तारिकले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

४ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

२० घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु