कानुन

एक कुण्डल सुन प्रकरण काे ठूलो माछा एयरपोर्ट बाट पक्राऊ


erastriya शनिबार, साउन २७, २०८०

 

पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । प्रहरीले साउन १० मा राकेशको घरमा छापा मारेको थियो । यद्यपि राकेशले रातोपाटीसँग कुरा गर्दै आफ्नो घरमा छापा नमारिएको दाबी गरेका थिए ।

रोहनबारे थाहा नभएको भन्दै ब्युरोका अधिकृतहरुले शुक्रबार उनलाई जिम्मा लिएनन् । राजस्व अनुसन्धान विभागको पत्रको आधारमा रोहनको पासपोर्ट नम्बर जेड–६३९६४२१ लाई अध्यागमन कार्यालयले कालो सूचीमा राखेको थियो । दिल्लीबाट नेपाल फर्केका अडुकियालाई कालो सूचीको आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेर राजस्वमा बुझाएको थियो ।

राजस्व अनुसन्धान विभागका कर्मचारीले १ सय किलो सुन सम्बन्धी फाइल सीआईबीमा पठाएको भन्दै अडुकियालाई सीआईबीको जिम्मा लगाउन महाराजगञ्जमा पठाए । तर, ब्युरोले जिम्मा नलिएपछि उनलाई अध्यागमन विभागमै राखिएको छ ।

रोहनलाई अहिले अध्यागमन विभागमा राखिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले रोहनलाई अध्यागमनमा राखिएको छ ।’

इन्डिगो एयरबाट काठमाडौँ आएका रोहनलाई विमानस्थल प्रहरीले पक्राउ नगरेको चन्दले बताए । उनले भने, ‘पासपोर्ट कालो सूचीमा रहेछ, हामीले सुरक्षा मात्र दिएका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर
फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

असार २६, २०८२

भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा
भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

असार २३, २०८२

सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

असार २३, २०८२

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन