अर्थ/बाणिज्य

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक


erastriya बुधबार, पुस २४, २०८१

गोरखा, २४ पुसः उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उहाँले बताउनुभयो । “अघिल्लो वर्ष नौ हजार एक सय ७७ विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेका थिए, उहाँले भन्नुभयो, “गत वर्ष अहिलेसम्मकै सबैभन्दा विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन् ।”

मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकमा दक्षिण एशीयाली क्षेत्रीय सहयाग संगठन (सार्क) राष्ट्रका भन्दा तेस्रो मुलुकका विदेशी पर्यटकको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ । सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।

“गत वर्ष मनास्लु भ्रमण गर्ने विदेश पर्यटकमध्ये एक हजार एक सय ८१ जना जर्मनी नागरिक, सात सय ९६ जना अमेरिकी नागरिक रहेको कार्यालयको तथ्याङ्क छ, सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै एक सय ५९ जना पर्यटकले मनास्लु पदयात्रा गरेका छन्”, अधिकृत ओझाले भन्नुभयो ।

त्यस्तै नेदरल्याण्ड्स, जर्मनी, बेलायत, अष्ट्रेलिया, स्पेन, चीनलगायत देशबाट विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुग्ने गरेको उहाँको भनाइ छ । मनास्लु पदमार्गमा घुम्न जाने पर्यटकले नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनस्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्ने छन् ।

त्यस्तै चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृगी हिमाल, राजेन गुम्बालगायत गुम्बाको अवलोकन गर्न पाउनेछन् । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यतासँगै पर्यटकले हिमचिुतवा, नाउर, घोरल, डाँफे, मुनाल, चौँरी सामिप्यतामा समेत रमाउने अवसर पाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भित्रियो ७ खर्ब ६३ ८ करोड

माघ २५, २०८१

भोजपुरे खुकुरी उद्योग सङ्कटमा
भोजपुरे खुकुरी उद्योग सङ्कटमा

माघ २४, २०८१

नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो
नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

माघ ०४, २०८१

पाँच महिनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीले ४७ अर्ब ३४ करोड पैसा विदेश लगे
पाँच महिनामा वैदेशिक अध्ययनमा जाने विद्यार्थीले ४७ अर्ब ३४ करोड पैसा विदेश लगे

माघ ०४, २०८१

ताजा अपडेट

  • ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

    ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

  • लेबनानमा नयाँ सरकार गठन

    लेबनानमा नयाँ सरकार गठन

  • इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

    इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

  • कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

    कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

  • नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

  • इंग्ल्यान्डको गल्लीमा नेपालका  GB Rai  लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

    इंग्ल्यान्डको गल्लीमा नेपालका GB Rai लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

    कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै