धर्म/संस्कृति

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा


erastriya मंगलबार, पुस २३, २०८१

काठमाडौँ, २३ पुसः सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर गरिने धनुर्मास पूजाको तयारी पूरा भएको छ ।

धनुर्मास पूजाका आवश्यक सबै सामग्री तयार पारिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । धनुर्मास पूजा गर्नुअघि आज बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।  

  बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार आज राति १२ बजेदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।  

  धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । आज रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँले सुनाउनुभयो । टाढाटाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिने कोषका संस्कृति महाशाखा प्रमुख ईश्वर भण्डारीले बताउनुभयो । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत पशुपति क्षेत्रमा रहेको छ । यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि भने नियमित एवं विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष दाहाल
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष दाहाल

पुस १८, २०८१

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

पुस १८, २०८१

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा बिक्री बितरण निषेध
जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा बिक्री बितरण निषेध

पुस १६, २०८१

महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण
महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

पुस १६, २०८१

ताजा अपडेट

  • लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ पलायन

    लस एन्जलसको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा हजारौँ पलायन

  • साहासी दिदी भाई पाकिस्तानमा दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाएर जलाए

    साहासी दिदी भाई पाकिस्तानमा दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाएर जलाए

  • भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी

    भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी

  • पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

    पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

  • क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

    क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

  • ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

    ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

  • सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

    सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

  • इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

    इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी