अन्तर्राष्ट्रिय

प्रसारण लाइन निर्माण गर्न सिन्धुपाल्चोकमा जग्गा अधिग्रहण गर्दै एमसीसी


erastriya शुक्रबार, साउन २६, २०८०

एमसीसी ले प्रसारण लाइन निर्माण गर्न सिन्धुपाल्चोकमा जग्गा अधिग्रहण गर्दै

काठमाडौं। मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले प्रसारण लाइन निर्माणका लागि सिन्धुपाल्चोकमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ।

४०० किलोभोल्ट प्रसारण लाइनअन्तर्गत रातमाटे सबस्टेसनदेखि लफ्सीफेदी सबस्टेसनसम्म प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो। मेलम्ची नगरपालिका वडा नम्बर १, ३ र ४ मा २९ जना व्यक्तिको नाममा रहेको निजी जग्गा अधिग्रहण गर्न लागिएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक सूचना जारी गर्दै जग्गा पर्ने स्थानीयलाई २१ दिनभित्र रीतपूर्वक निवेदन दिन आग्रह गरेको छ। जग्गासँगै घर, गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रुपले अधिग्रहण गर्न लागिएको सूचनामा उल्लेख छ।

जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद बाहेक सात दिनभित्र गृह मन्त्रालयमा उजुरी गर्न सकिनेछ। साथै आजैदेखि अधिग्रहण गरिने जग्गा रोक्का रहने हुँदा उक्त क्षेत्रमा कुनै संरचना थप्‍ने कार्य नगर्न/नगराउन आग्रह गरिएको छ।

केही दिन पहिले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा जग्गा अधिग्रहणको लागि सूचना जारी भएको थियो।

एमसीसी कम्प्याक्टअन्तर्गत निर्माण हुने आयोजना भदौदेखि निर्माणमा जादैछ। निर्माण थालेको ५ वर्षमा कम्प्याक्टको काम पूरा गर्नुपर्छ।

पूर्व तयारी नै नसकी काम सुरु हुन लागेकाले समयमा नै निर्माण पूरामा हुनेमा शंका उत्पन्‍न भएको छ। यदि ५ वर्षमा आयोजनाको काम पूरा भएन भने कम्प्याक्ट फिर्ता जान्छ। बाँकी रहेको काम सरकारले आन्तरिक स्रोतबाट पूरा गर्नुपर्छ।

एमसीसीअन्तर्गत ७१ किलोमिटर सडक विस्तार र ४०० केभीको ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ। प्रसारण लाइनका लागि १० जिल्लामा जग्गा अधिग्रहण गर्नुपर्ने छ। ९ जिल्लामा मुआब्जा निर्धारण समितका बैठकपछि जग्गा अधिग्रहणका लागि प्रारम्भिक सूचना जारी भएको एमसीए-नेपालले बिजमाण्डूलाई दिएको लिखित जवाफमा उल्लेख छ।

यो प्रसारण लाइन काठमाडौं-सिन्धुपाल्चोक-नुवाकोट-धादिङ- मकवानपुर-चितवन-तनहुँ-पाल्पा -नवलपुर-परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारण लाइनले ३ हजार मेगावाटसम्म विद्युत वहन गर्न सक्छ। निर्माणपछि अहिले सञ्‍चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारण लाइन हुनेछ। नेपाल-भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारण लाइन महत्वपूर्ण हुने अपेक्षा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !
चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

८ घण्टा अघि

अफ्रिकाको उत्तर कोरिया बन्दै माली !
अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

१ दिन अघि

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

१ दिन अघि

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !