समाचार

बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह


erastriya मंगलबार, पुस २३, २०८१

 

काठमाडौँ, २३ पुस : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताउनुभएको छ ।]

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगरप्रमुख तथा उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजना प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

 

“बागमती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरता दिएका छौँ । बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडी बढाउँछौँ, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यहाँको वातावरण सहुाउनेगरी योजना अघि बढाउँछौँ । कार्ययोजनामा छलफलमा आएका सुझाव समेटेर सरोकारवालासँग छलफल गरी अन्तिम रुप दिन्छौँ ।”

 

बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ अन्य नदीको समेत अध्ययन गरेर प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र वर्गिकरण गरेर अध्ययन गर्नेछ । बीस वर्षे कार्ययोजनाको लागत अनुमान रु दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 

शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ बारे छलफल गरेको हो । छलफलमा काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको उल्लेख गर्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रुपमा योजना अघि बढाउनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोल, शङ्करापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, गोदावरी नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनलगायत सहभागी हुनुहुन्थ्यो । नगरप्रमुख र उपप्रमुखले बागमती करिडोरलाई व्यवस्थित गर्ने तथा हरियाली कायम गर्नेगरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन