समाचार

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति


erastriya मंगलबार, पुस २३, २०८१

 

सोलुखुम्बु, २३ पुस : भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ ।

 

खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।

 

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ ।

 

आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड
‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

१ घण्टा अघि

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

७ घण्टा अघि

पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

१९ घण्टा अघि

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

२३ घण्टा अघि

ताजा अपडेट

  • ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

    ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

  • सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

    सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

  • इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

    इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

  • बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

  • ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

    ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

  • सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

    सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

  • पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

    पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा