समाचार

‘भूकम्पबाट सामान्य क्षति’


erastriya मंगलबार, पुस २३, २०८१

 

काठमाडौँ, २३ पुस : चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।

 

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उहाँले भन्नुभयो ।

 

यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उहाँले भन्नुभयो, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”

 

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो ।

 

चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड
‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

१ घण्टा अघि

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

७ घण्टा अघि

पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

१९ घण्टा अघि

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

२३ घण्टा अघि

ताजा अपडेट

  • ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

    ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

  • सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

    सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

  • इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

    इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

  • बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

  • ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

    ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

  • सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

    सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

  • पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

    पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा