अन्तर्राष्ट्रिय

मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने


erastriya सोमबार, पुस २२, २०८१

 

मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उहाँले बाँकी सजाय घरमा नै बिताउन पाउने हुनुभएको छ ।

सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।

उहाँले आर्थिक घोटालासँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरूको सामना गरिरहनुभएको छ । पूर्वराजाले उहाँलाई आफ्नो बाँकी सजाय स्वदेशमा नै बिताउन अनुमति दिने आदेशको आधारमा पुनरावेदन अदालतमा बहसको भएको थियो । तीन सदस्यीय बेन्चले २–१ ले नजिबको अपिललाई उच्च अदालतमा आफ्नो मुद्दाको बहसका लागि शाही घोषणाको प्रयोग गर्न अनुमति दिने फैसला सुनाएको हो ।

“घोषणाको अस्तित्वको कुनै चुनौती छैन भन्ने तथ्यलाई ध्यानमा राख्दै, आदेशको पालना गरिएको छैन भन्ने कुनै आधार भेटिएन,” फैसलामा सम्लग्न तीन न्यायाधीशमध्ये एक मोहम्मद फिरुज जाफ्रिलले भन्नुभयो । उच्च अदालतले जुलाईमा फैसला सुनाएको थियो । कागजातको अस्तित्वको बारेमा नजिबको दावीलाई समर्थन गर्ने शपथपत्रहरू प्रमाणको रूपमा अस्वीकार्य थिए ।

वादीले दावी गरेका ती प्रमाणहरू लिखितरूपमा थिएनन् । सोमबारको फैसलाको अर्थ यो मुद्दा फेरि उच्च अदालतमा जानेछ, जहाँ नजिबलाई नजरबन्दमा राख्ने प्रयासलाई समर्थन गर्न प्रमाणको रूपमा शाही घोषणा पेश गर्न सकिन्छ । सन् २०२० को जुलाईमा नाजिबलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि क्षमादान बोर्डले उक्त सजाय आधा घटाएको थियो ।

उहाँले ५० करोड अमेरिकी डलरभन्दा बढी घूस र सम्पत्ति शुद्धीकरणका विभिन्न अभियोगमा संलग्नता रहेको भनिएको भ्रष्टाचारको आरोपविरुद्ध पनि आफ्नो बचाउ गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…