अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार, अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि प्योङयाङले रूससँग सहकार्य गरेको ब्लिन्केनको भनाइ


erastriya सोमबार, पुस २२, २०८१

 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि उहाँले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि रुससँग अझ नजिकबाट काम गरिरहेको बताउनुभएको छ ।

 

दक्षिण कोरियाले ‘मार्शल ल’ लागू गर्ने असफल प्रयासको लागि महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिन्केनको भ्रमण भएको हो ।

 

दक्षिण कोरियालाई जापानसँग सहयोग बढाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिन्केन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र उक्त क्षेप्यास्त्र समुद्रमा खसेको थियो।

 

सोमबार प्रहरा गरिएको क्षेप्यास्त्र करिब एक हजार १०० किलोमिटर (६८० माइल) सम्म उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

 

ब्लिन्केनले उत्तर कोरियाबारे त्रिपक्षीय अभ्यास र गुप्तचर आदानप्रदानमा वृद्धि भएको तर्फ सङ्केत गर्दै भन्नुभयो, “आजको प्रक्षेपणले हामी सबैलाई हाम्रो सहयोगात्मक कार्य कत्तिको महत्वपूर्ण छ भन्ने कुराको स्मरण गराएको छ ।”

 

ब्लिन्केन र उहाँका दक्षिण कोरियाली समकक्षी चो ताइ–युलले संयुक्त पत्रकार सम्मेलनमा उत्तर कोरियालाई युक्रेनविरुद्ध लड्न सहयोग गरेबापत रूसले उत्तर कोरियालाई सहयोग गरेको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो अधिकार प्राप्त सदस्य रूसले उत्तर कोरियालाई आणविक राष्ट्रका रूपमा औपचारिक रूपमा स्वीकार गर्ने र प्योङयाङले आफ्नो कार्यक्रम अन्त्य गर्नुपर्छ भन्ने विश्वव्यापी सहमतिलाई ठूलो धक्का लाग्ने चिन्ता ब्लिन्केनले व्यक्त गर्नुभयो ।

 

अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले गत वर्षको अन्त्यतिर युक्रेनविरुद्ध लड्न हजारौं सैनिक पठाएको थियो र सयौँको मृत्यु भइसकेको छ ।

 

यसैबीच, जापानले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षणको विरोध गरेको छ । टोकियोमा प्रधानमन्त्री शिगेरु इशिबाले उत्तर कोरियाले रूससँगको सहकार्यमा ‘प्रविधिमा सुधार गर्दै गएको’ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…