समाचार

विपन्न परिवारका लागि घर निर्माण


erastriya सोमबार, पुस २२, २०८१

 

घोडाघोडी (कैलाली), २२ पुस : कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ । गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिनुभयो ।

 

नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नं ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन्भने सोही वडाका दलित तथा अति विपन्न गैरदलितहरूका पाँच घर निर्माण भएका छन् ।

 

यस्तै वडा नं ३ स्थित बल्चौर बादी बस्तीमा सात घर निर्माण गरिएका छन् । सोही कार्यक्रमअन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । शाहीका अनुसार चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माणका लागि दुई करोड विनियोजन गरेको छ । असार मसान्तसम्म पालिकाका १० वटै वडा छुनेगरी काम सुरू गरिनेछ ।

 

“जनता आवास भनेर हामीले पहिला ५० लाख बजेट विनियोजन गरेका थियौँ,” नगर प्रमुख शाहीले भन्नुभयो, “बजेट अपुग भएपछि पुनः ५० लाख थप गरी रू एक करोड बनायौँ र राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण भएका छन् । ३४ घर निर्माणका लागी थप बजेटमार्फत सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।”

 

उहाँका अनुसार आवास निर्माणका लागि प्रदेशबाट रू दुई करोड बजेट आएकाले काम गर्न थप सहज भएको छ । “सुकुम्वासी, मुक्तकमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अब १० वटै वडामा काम गर्छौं,” नगर प्रमुख शाहीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन