समाचार

कर्णाली राजमार्गमा अतिक्रमित बनेका संरचना हटाउँदै


erastriya सोमबार, पुस २२, २०८१

 

जुम्ला, २२ पुस : जुम्लाको तिला गाउँपालिकास्थित कर्णाली राजमार्गमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरू भएको छ ।

 

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार तिलाको कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

 

अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र सडक डिभिजन जुम्लाले चासो लिएर काम गरिरहेको छ । तिलाको रारासेरी बजारका केही टहरा हटाएको छ ।

 

कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “सडक अतिक्रमणका विषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडा कार्यालयबाट जारी गरिएका सूचना केवल सूचना टाँसमै सीमित भएको बेला अहिले उक्त सूचनालाई कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील छ ।”

 

तिला गाउँपालिका–३ निवासी ज्वारीलाल भट्टराईले निर्णय कार्यान्वयन गर्न पटक–पटक बजारवासीले नगरपालिका र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि ती कार्यालयले एकले अर्कालाई दोषारोपण गर्दै पन्छने गरेको आरोप लगाउनुभयो ।

 

समयमै अव्यवस्थित घरटहरा नहटाइँदा र तिला–३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेलाबेलामा दुर्घटना हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भन्नुभयो, “अतिक्रमण हटाउने विषय प्राथमिकताका साथ राखेर काम भइरहेको छ ।” राजमार्ग अतिक्रमण गरेर बनेका सबै संरचना हटाउन स्थानीय तहलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

१ दिन अघि

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

असार ३१, २०८२

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

असार ३१, २०८२

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

असार ३०, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन