मनोरञ्जन

५४ किलोको टल्कने ढुंगाले गोरखामा तरङ्ग


erastriya बिहीबार, साउन २५, २०८०

गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान र राममाया शाही दम्पतीको घरबाट प्रहरीले टल्कने ढुंगा बरामद गरेको थियो।

५४ किलो तौल भएको यो ढुंगा प्रकाश दिँदा चम्किलो देखिन्छ।

शाहीको घरमा रातो कपडाले बेरेर यो ढुंगा राखिएको थियो। शाही परिवारले पुस्तौंदेखि यो ढुंगालाई घरभित्रै राखेर देउताका रूपमा आफूहरूले पूज्दै आएको बताएका छन्। 

तर असार दोस्रो सातादेखि शाहीको घरमा मानिसको ओहोरदोहोर बाक्लिन थाल्यो। सामाजिक सञ्जालमा ढुंगाको तस्बिर देखेकाहरू प्रत्यक्ष रूपमा ढुंगा हेर्न उनको घरमा पुगेका थिए। शाही परिवारले पुस्तौंदेखि घरभित्र राखेको ढुंगाको तस्बिर केही समयअघि सामाजिक सञ्जालमा राखिएको थियो। 

चन्द्रमान र राममायाका छोरा सुरेशले एकदिन ढुंगा बेरेको रातो कपडा निकालेर तस्बिर खिचेका थिए। आफूले खिचेको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका थिए भने चिनेजानेकाहरूसँग पनि तस्बिर देखाउँदै यो के होला भनेर जिज्ञासा राख्ने गरेका थिए। 

चम्किलो ढुंगा हेर्न शाहीको घरमा मान्छेको घुँइचो लाग्न थाल्यो। लाखौंमा यो ढुंगा बिक्री गर्न मोलमोलाइ हुन थालेको सूचना जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको प्रहरी टोलीले असार १४ गते सतिपिपलस्थित शाहीको घर पुगेर ढुंगा बरामद गरेका हो।

प्रहरीले बरामद गरेपछि यो ढुंगाको चर्चा झन् चुलियो। प्रहरी, प्रशासनले पुरातत्व विभाग वा खानी तथा भूगर्भ विभाग लगेर ढुंगा परीक्षण गर्नुपर्ने बताएपछि केही विवाद पनि भए।

शाही परिवारले आफूहरूको देउता प्रहरीले फिर्ता गर्नुपर्ने अडान राखेको छ। गोरखाका स्थानीयले पनि चम्किलो ढुंगालाई परीक्षणका लागि अन्यत्र लैजानेभन्दा पनि गोरखामै राखिनुपर्ने माग गरेका छन्। बहुमूल्य हो भने गोरखा संग्रहालयमा सबैले अवलोकन गर्न मिल्ने गरी ढुंगा राखिनुपर्ने गोरखाबासीको भनाइ छ।

प्रशासनले ढुंगा परीक्षण गर्न जिल्ला बाहिर पठाउन सम्भव नदेखेपछि खानी तथा भूगर्भ विभागको टोलीलाई नै गोरखा बोलाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ढुंगा परीक्षण गर्न खानी विभागका दुई जना भूगर्भविद् सोमबार गोरखा आएको बताए।

‘भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखे आउनुभएको छ। आजदेखि ढुंगा परीक्षणको काम सुरू हुन्छ,’ भुसालले सेतोपाटीसँग भने।

यो ढुंगा क्वार्ज क्रिष्टल भएको अनुमान गरिएको छ।

ढुंगालाई जिल्ला प्रहरी कार्यालयभित्र राखिँदै आइएको छ।

'आफ्ना भगवानलाई प्रहरीले थुनेर राखेको' भन्दै शाही परिवारका सदस्यहरू बेलाबेला प्रहरी कार्यालय पुगेरै पूजाअर्चना गर्ने गरेका छन्।

राममाया शाहीले साउने संक्रान्तिमा प्रहरी कार्यालय भित्रै पुगेर पूजा गरेकी थिइन्। प्रहरीले ढुंगा लिएर गएदेखि उनले अन्न खाएकी छैनन्। त्यसयता उनले फलफूल र मिस्रीपानीमात्र खाइरहेको परिवारका सदस्यहरू बताउँछन्। 

‘विभिन्न तिथिमा पूजा गर्न हाम्रो भगवान हामीलाई नै चाहिन्छ, मलाई विश्वास छ- एक दिन भगवान घरफिर्ति हुनुहुनेछ,’ प्रहरी कार्यालयमै पूजा गर्दै उनले भनेकी थिइन्।

उनका श्रीमान् चन्द्रमानले पुस्तौंदेखि देवताका रूपमा आफूहरूले टल्कने ढुंगा पुज्दै आएको प्रहरीसँग बताएका छन्।

‘कुलदेवताका रूपमा हामीले पुस्तौंदेखि पूज्दै आएको हो,’ उनले भनेका छन्, ‘पितापुर्खाले पश्चिममा चेपे र पूर्वमा बूढीगण्डकी नदी नकटाउनू भन्नुभएको थियो।’

प्रहरीले भने घरधनीकै असुरक्षा हुन सक्ने स्थिति देखिएकोले ढुंगा बरामद गरेर प्रहरी कार्यालयभित्रै राख्दै आएको बताएको छ।

यसबीचमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी कार्यालयभित्रै गएर चम्किलो ढुंगा अवलोकन पनि गरिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…